दियो सास्कृतिक युवा क्लब
रुकुमको बिधान २०६९
प्रस्तावना
नेपालमा गाउँ नै गाउँले भरिएको विकासन्मुख देश हो । नेपालमा विभिन्न जात–जाती, भाषा–भाषीहरुको वसोवास रहेको छ । विभिन्न जात–जाती तथा भाषा–भाषीहरुको संगम भएकोले विबिधतामा एकता भएको देशको रुपमा चिन्न सकिन्छ । ग्रामिण क्षेत्रमा भएका कला संस्कृतीको जगेर्ना गर्न र संरक्षण गर्नु नयाँ पुस्ताका लागी ठूलो चुनौती बनेको छ । कहिले काँही हामीलाई आफ्नो संस्कार कहाँ छ भनी खोजी गर्नु पर्ने अवस्था आउन सक्ने देखिन्छ । आयात भएका नयाँ संस्कृतिको कारणले हाम्रा आफ्ना पुराना आफ्नै मौलिकता भएका संस्कृति हराएर जाने सम्भावना देखिन्छ । हाम्रा कला संस्कृतीहरुलाई जोगाई राख्न समाजका विबिध खाले समुदायहरुलाई गोलबन्द गरी उनीहरुलाई सकारात्मक पक्षमा परिचालन गर्न साथै सामाजिक विकृति, विसंगति रोक्न र रुढिवादि परम्पराको अन्त्य गरी कला र संकृतिले भरिएको सभ्य समाजको निर्माणार्थ चेतनामुलक कार्यक्रम सञ्चालन गरी देशको बिकासमा टेवा पु¥याउने उद्देश्यले दियो साँस्कृतिक युवा क्लब मुसिकोट खलङ्गा ८, रुकुमको विधान २०६९ जारी गरिएको छ ।
परिच्छेद १प्रारम्भिक
१) संक्षिप्त नाम र प्रारम्भः–
क) संस्थाको नामः– यो संस्थाको नाम दियोे साँस्कृतिक युवा क्लब, मुसिकोट खलंगा ८ रुकुम २०६९ रहने छ ।
ख) संस्थाको कार्यालय रहने ठेगानाः– यस संस्थाको केन्द्रिय कार्यालय रुकुम जिल्ला खलङ्गा गा. वि.स. वडा नं ८, मा रहने छ । स्थानिय अधिकारीबाट स्वीकृति लिई अन्य स्थान वा जिल्लामा शाखा वा सम्पर्क कार्यालय खोल्न सकिने छ । यसरी अन्यत्र जिल्लामा शाखा वा सम्पर्क कार्यालय खोल्नका लागी सम्बन्धित स्थानिय अधिकारीको पूर्व स्वीकृति लिई खोल्न सकिने छ ।
ग) संस्थाको कार्य क्षेत्रः– यो संस्थाको कार्यक्षेत्र रुकुम जिल्लाका ४३ वटै गा.वि.स. मा हुने छ । आवश्यकता अनुसार सम्वन्धित जिल्लाका स्थानिय अधिकारीको स्वीकृति लिई नेपाल अधिराज्य भरी कार्यक्षेत्र विस्तार गर्न सकिने छ ।
घ) प्रारम्भः– मयूर नाँच पुर्खौं पुर्खा देखि नाँचीदै आएता पनि वि.सं. २०५८ वाट यस नाँचको समिति गठन गरी ब्यवस्थित रुपले सञ्चालन गरिदै आएको छ र संस्थाको कानूनी प्रावधानको लागि दर्ता भएको मिति देखि प्रारम्भ भएको मानिने छ ।
२) परिभाषाः–
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा
क) “विधान” भन्नाले दियो साँस्कृतिक युवा क्लब, मुसिकोट खलंगा ८ रुकुम २०६९ को विधानलाई सम्झनु पर्दछ ।
ख) “संस्था” भन्नाले दियो साँस्कृतिक युवा क्लब रुकुमलाई सम्झनु पर्छ ।
ग) “समिति” भन्नाले यस विधानको दफा बमोजिम गठित कार्य समितिलाई जनाउँदछ ।
घ) “सभा” भन्नाले यस विधान वमोजिम वसेको साधारण सभा र विशेष साधारण सभालाई समेत जनाउँदछ ।
ङ) “पदाधिकारी” भन्नाले संस्थाका पदाधिकारीहरुलाई सम्झनु पर्दछ ।
च) “नियम विनियम” भन्नाले यस विधान अन्तर्गत बन्ने नियम विनियमलाई जनाउँदछ ।
छ) “तोकिएको वा तोकिए वमोजिम” भन्नाले यस विधानमा उल्लेखित भएका विभिन्न दफा उपदफा वमोजिम वा यस विधानको अधिनमा रहि बनेका नियम विनियमहरुमा उल्लेख भए वमोजिम भन्ने सम्झनु पर्दछ ।
ज) “आर्थिक वर्ष” भन्नाले प्रत्येक वर्षको अषाढ मसान्तसम्मको अवधी सम्झनु पर्दछ ।
झ) “स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई सम्झनु पर्दछ ।
३) संस्थाको छाप र चिन्हः–
प्रचलित ब्यवस्थाको प्रतिकुल नहुने गरी संस्थाको एउटा छुट्टै छाप र चिन्ह हुने छ । छाप र चिन्ह अनुसूची १ वमोजिमको ढाँचामा गोलाकार छापको माथि पट्टि संस्थाको नाम, तल्लनो तिर ठेगाना, विचमा बली रहेको दियो पृष्ट भूमीमा नाचीरहेको मयूरको चित्र र स्थापना मिति रहने छ तर संस्थाको नाम, छाप र चिन्ह पूर्व दर्ता भएको कुनै संस्थासंग मेल खाएमा संसोधनको प्रकृयाद्घारा तुरुन्त संसोधन गरिने छ ।
परिच्छेद–२
उद्देश्य
४) संस्थाको उद्देश्यः–
यो संस्था कला र परम्परागत संस्कार र संस्कृतीको संरक्षण गर्न स्थापना भएको संस्था भएकोले यसका उद्देश्य निम्न वमोजिम रहेका छन् ।
क) समाजमा विद्यमान विकृति, विसंगतीहरुलाई न्युनिकारण गर्न आवश्यक पहल गर्ने ।
ख) समाजमा जिर्ण अवस्थामा रहेका मठ, मन्दिर, पाटी–पौवा, सार्वजनिक स्थलको मर्मत, संहार र संरक्षण गर्ने
ग) समाजमा छरिएर रहेका कला, संस्कृती, संस्कार र साहित्यको संरक्षण गर्ने ।
घ) पुस्तौ–पुस्ता अघि देखि नाचीदै आएको यो मयूर नाँच लोप हुने सम्भावना देखिएकोले यसको संरक्षण गर्ने ।
ङ) ग्रामिण स्तरमा पौराणीक संस्कारको मयूर नाँच संरक्षणको लागि युवाशक्तिहरुलाई आवस्यक्तानुरुप समय समयमा प्रशिक्षण तथा तलिम संचालन गर्ने ।
च) विवाह, भोज–भतेर, पूजा–आजा, अर्वपर्व र मेला तथा प्रदर्शनीमा उपस्थित जनसमुदायलाई मनोरञ्जन प्रदान गर्ने ।
छ) छरिएर रहेको युवा जनशक्तिलाई एकिकृत गर्ने तथा भाईचाराको मेलमिलापको निती अवलम्वन गर्ने । जसवाट ग्रामिण क्षेत्रमा हुने कुनै पनि सामाजिक कार्यमा सहमती जुटाउन सहज होस् ।
ज) समुदायको लागि ज्ञान सीप मुलक कार्यक्रम सञ्चालन गर्ने ।
झ) समुदायको स्तरको लागि विकासका गतिविधिहरु, खानेपानी, स्वास्थ्य, सरसफाई, सौचालय, सिचाई कुलो जस्ता कार्यक्रम सञ्चालन गर्ने ।
ञ) जलवायु परिवर्तन सम्बन्धी कार्य गर्ने ।
५) उद्देश्य प्राप्तीका लागि गरिने कामः–
यस संस्थाको उपरोक्त उद्देश्य प्राप्तीको लागि देहायका कार्यहरु गर्ने छ ।
क) संस्थाले प्रचलीत नेपाल कानुन बमोजिम सम्वन्धित निकायवाट इजाजत प्राप्त गरी मात्र उपर्युक्त उद्देश्य कार्यान्वयन गर्ने छ ।
ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ ।
ग) संस्था संचालनमा आवश्यक पर्ने कुर्सी, टेवुल, दराज, टेलिफोन, टायपराइटर, कम्प्यूटर, फ्याक्स जस्ता कार्यालय समान तथा सवारी साधन खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्न सक्ने छ ।
घ) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने तथा तीनको सेवा शर्तहरु निर्धारण गर्ने छ ।
ङ) संस्थामा प्राप्त रकम वैंकमा जम्मा गरी वैंक खाता संचालन गर्ने छ ।
परिच्छेद–३
सदस्यता
६) सदस्यताको वर्गिकरणः–
यस संस्थामा देहायवमोजिमका छ प्रकारका सदस्यहरु रहने छन् ।
क) साधारण सदस्यः– यस विधानको दफा ७ वमोजिम योग्यता पुगेका कुनै पनि ब्यक्तिले तोकिएको प्रक्रिया अन्तरगत रहि संस्थाको सदस्यता प्राप्त गर्ने ब्यक्तिहरु साधारण सदस्य हुनेछन् ।
ख) संस्थापक सदस्यः– यस संस्था दर्ता हुँदा वखतका तदर्थ समितिका पदाधिकारीहरु संस्थापक सदस्य हुने छन् ।
ग) आजिवन सदस्यः– संस्थाको विकासको लागि विशेष योगदान पु¥याउने ब्यक्तिलाई तोकिएको प्रक्रिया अन्तर्गत आजिवन सदस्य प्रदान गर्न सकिने छ ।
घ) मानार्थ सदस्यः– संस्थाले उपयुक्त ठानेको समाजसेवी, विशिष्ठ ब्यक्ति तथा प्रतिष्ठीत ब्यक्तिलाई मानार्थ सदस्य प्रदान गर्न सकिने छ तर मानार्थ सदस्यको मताधिकार हुने छैन ।
ङ) सललाहकार सदस्यः– संस्थाको हितका लागि आश्यक सल्लाह, सुझाव र गरीमा वढाउनको लागि संस्थाले राष्ट्रिय, जिल्ला स्तर र स्थानिय स्तरका ब्यक्तिहरुलाई सल्लाहकार सदस्य राख्ने छ र यस
प्रकारका सदस्यको मताधिकार हुने छैन ।
च) संरक्षक सदस्यः– संस्थाको हित र संस्थालाई अभिभावकिय रुपमा संरक्षण गर्नको लागि र निरन्तरता दिनको लागि कम्तिमा ५ जना संरक्षक सदस्य रहने छन् । संरक्षक सदस्यको मताधिकार हुने छैन ।
७) सदस्यता प्राप्तीका लागि आवश्यक योग्यताः–
यस संस्थाको सदस्यका लागि देहाय वमोजिमको योग्यता पुगेको हुनु पर्ने छ ।
क) नेपाली नागरीक भएको ।
ख) १२ वर्ष उमेर पुरा भएको ।
ग) मानसिक सन्तुलन नगुमाएको ।
घ) सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको ।
ङ) संस्थालाई वुझाउनु पर्ने नगदी, जिन्सी वा अन्य कुनै भौतिक सम्पत्ति वुझाउन बाँकी नरहेको हुनु पर्दछ ।
च) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय नपाएको ब्यक्ति ।
८) संस्थाको सदस्यता प्राप्त गर्न वा बहालमा रहन नसक्ने अवस्थाः–
देहायको अवस्थामा कुनै ब्यक्ति संस्थाको सदस्य पदमा रहन सक्ने ।
क) गैर नेपाली नागरीक भए ।
ख) मानसिक सन्तुलन गुमाएको ।
ग) भ्रष्ट्राचारको अभियोग तथा सार्वजनिक सम्पति हिनामिना गरेको ।
घ) संस्थाको प्रत्येक्ष विरुद्धमा रहेको ब्यक्ति ।
ङ) संस्थामा आवद्ध कुनै पनि ब्यक्तिलाई भड्काउने ब्यक्ति ।
च) यस संस्थाको रकम हिनामिना गरी कानूनी सजाय पाएको ब्यक्ति ।
च) सदस्यता नलिएको व्यक्ति ।
९) सदस्यता समाप्तीः–
देहायको अवस्थामा कुनै पनि ब्यक्ति यस संस्थाको कुनै सदस्यमा वहाल रहने छैन ।
क) यस विधानको दफा ८ बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने ।
ख) साधारण सभाको ७५% को सदस्यहरुको वहुमतले संस्थाको पदवाट हटाउने प्रस्ताव पारित गरेमा ।
ग) सदस्यले आफ्नो पदवाट दिएको राजिनामा स्वीकृत भएमा ।
घ) संस्थाको काम कारवाहीमा वेईमानीमा वा वदनियत गरेको कुरा अदालतवाट प्रमाणित भएमा ।
ङ) यस विधान वमोजिम संस्थाको कुनै पनि सदस्यले गर्न नहुने भनी तोकिएको कार्य गरेमा ।
च) संस्थाको रकम हिनामीना गरी संस्थालाई हानी नोकसानी पु¥याएमा ।
छ) संस्थाले आयोजना गरेको कार्यक्रममा लगातार ३ दिन अनुपस्थिती भएमा ।
ज) संस्था विघटन भई खारेजी भएमा ।
तर कुनै पनि ब्यक्ति यस संस्थाको सदस्यता प्राप्त गर्न वा वहालमा रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई सफाईको सबुद प्रमाण पेश गर्न मौका दिईने छ ।
१०) संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन सक्ने अवस्थाः–
यस विधानको दफा ६ वमोजिम सदस्यले देहाय वमोजिमको उपदफमा तोकियको शुल्क तिरी सदस्यता प्राप्त गर्न सकिने छ ।
क) साधारण सदस्यः– साधारण सदस्यता प्राप्त गर्न चाहने ब्यक्तिले प्रवेश शुल्क वाफत रु २५०।– वुझाई तोकिएको प्रक्रियानुसार आवेदन पेश गर्न सक्ने छ ।
ख) संस्थापक सदस्यः– यस संस्था दर्ता हुँदा वखतका तदर्थ समितिका पदाधिकारीहरु संस्थापक सदस्य हुने भएकोले कुनै शुल्क लाग्ने छैन ।
ग) आजिवन सदस्यः– संस्थाको विकासको लागि विशेष योगदान पु¥याउने ब्यक्तिलाई तोकिएको प्रक्रिया अन्तर्गत आजिवन सदस्य प्रदान गरीयता पनि सुरुमा प्रवेश शुल्क वाफत रु ५,०००।– वुझाई तोकिएको प्रक्रियानुसार आवेदन पेश गर्नु पर्ने छ ।
घ) मनार्थ सदस्यः– संस्थाले उपयुक्त ठानेको समाजसेवी, विशिष्ठ ब्यक्ति तथा प्रतिष्ठीत ब्यक्तिलाई मानार्थ सदस्य प्रदान गर्ने भएकोले कुनै शुल्क लाग्ने छैन ।
ङ) सललाहकार सदस्यः– संस्थाको हितका लागि आवश्यक सल्लाह, सुझाव र गरीमा वढाउनको लागि संस्थाले राष्ट्रिय, जिल्ला स्तर र स्थानिय स्तरका ब्यक्तिहरुलाई सल्लाहकार सदस्य राख्ने भएकोले कुनै शुल्क लाग्ने छैन
च) संरक्षक सदस्यः– संस्थाको हित र संस्थालाई अभिभावकिय रुपमा संरक्षण गर्नको लागि र निरन्तरता दिनको लागि संरक्षक सदस्यता प्रदान गरिने भएकोले कुनै शुल्क लाग्ने छैन ।
छ) कुनै पनि आवेदकलाई सदस्य दिने निर्णय गरेमा सोको कारण सहितको जानकारी आवेदकलाई दिईने छ ।
ज) संस्थाले प्रदान गरेको उपदफा क, ख, ग, घ, ङ र च अनुसारको सदस्यहरुको तोकिएको ढाँचामा छुट्टै अभिलेख पुस्तिका रहने छ ।
झ) सवै सदस्यहरुले यस विधान र विधान अन्तरगत वनेको नियम र विनियम भएको ब्यवस्थाको पालना गर्नु पर्ने छ ।
ञ) माथि उल्लेखित सदस्यहरु मध्य दफा १० को उपदफा ग र घ वाहेक अन्य पदाधिकारीहरुको पदावधि विधानको दफा १४ वमोजिमका पदाधिकारीहरु सरह अर्थात २ वर्षको हुने छ । दफा १४ अनुसारका पदाधिकारीहरुको पदावधि समाप्त भएमा स्वतः समाप्त हुने छ ।
परिच्छेद–४
साधारण सभा तथा वैठक सम्वन्धी ब्यवस्था
११) साधारण÷विशेष साधारण सभाः–
यस संस्थाको दफा ७ वमोजिम सदस्यता प्राप्त गर्ने मानार्थ, सल्लाहकार र संरक्षक सदस्यहरु वाहेक अन्य सदस्यहरु साधारण सभाका सदस्य हुने छन् । यसमा मानार्थ सल्लाहकार र संरक्षक सदस्य आमन्त्रीत हुनेछन् । साधारण सभा यसको सर्वोच्च अंग हुने छ । यस संस्थाको साधारण सभा देहाय वमोजिम हुने छ ।
क) यस संस्थाको प्रथम वार्षिक साधारण सभा स्थापना भएको मितिले ६ महिना भित्र गरिने छ र त्यस पछिका वार्षिक साधारण सभाहरु आर्थिक वर्ष समाप्त भएको मितिले २ महिना भित्र गरिने छ ।
ख) वार्षिक साधारण सभा वर्षको एक पटक वस्ने छ भने विशेष साधारण सभाको लागि कुल सदस्य संख्याको १÷४% सदस्यहरुले कारण जनाई विशेष साधारण सभा माग गर्न सक्ने छन् । यसरी माग गरि आएमा कार्य समितिले कम्तिमा १५ दिन भित्र अनिवार्य रुपमा वैठक वोलाउनु पर्दछ । तर साधारण सभा वसेको ३ महिना भित्र पुनः विशेष साधारण सभा वस्ने छैन ।
ग) संस्थाको साधारण सभा वा विशेष साधारण सभा गर्नका लागि कम्तिमा १५ दिन अगावै सभा हुने ठाउ, मिति, समय र छलफल गर्ने विषय खोली सवै साधारण सदस्यहरुलाई सूचना दिइने छ ।
घ) उपनियम “क” वमोजिम वोलाएको साधारण सभामा गणपूरक संख्या नपुकी सभा हुन नसकेमा कम्तिमा ७ दिनको म्याद दिई पुनः साधारण सभाको वैठक वोलाउनु पर्ने छ ।
१२) गणपुरक संख्याः–
कुल सदस्य संख्याको दुई तिहाई प्रतिनिधित्व हुने गरी साधारण सदस्यहरु उपस्थित नभई साधारण सभाको काम कारवाही हुने छैन । तर विधानको दफा ११ को उपनियम “घ” वमोजिम वोलाएको साधारण सभामा गणपुरक संख्या नपुकी सभा हुन नसकेमा कम्तिमा ७ दिनको म्याद दिई पुनः साधारण सभाको वैठक वोलाउदा पनि गणपुरक संख्या नपुगे कुल संस्थापक सदस्य संख्याको ५१% प्रतिनिधित्व हुने गरी उपस्थित भएमा सभा गर्न सकिने छ ।
१३) साधारण सभाको काम, कर्तब्य र अधिकारः–
साधारण सभाको काम, कर्तब्य र अधिकार देहाय वमोजिम हुने छन् ।
क) विगत वर्षको कार्य प्रतिवेदन तथा आय ब्यय प्रतिवेदन माथी छलफल गरी परित गर्ने ।
ख) संस्थाको नीति कार्यक्रम निर्धारण गरी कार्य समितिलाई निर्देशन दिने ।
ग) आगामी आर्थिक वर्षका लागि र दिर्घकालीन योजना कार्यक्रम तथा खर्चको अनुमानित वजेट परित गर्ने ।
घ) लेखा परिक्षक नियुक्त गर्ने ।
ङ) विधान संसोधन गर्ने ।
च) संस्थाको निति तथा निर्णयलाई लागू गर्ने ।
छ) कुनै पद खाली रहन गई कार्य समितिको पद पूर्ति गरेको भए अनुमोदन गर्ने ।
ज) समितिको आफ्नो आन्तरिक श्रोतवाट व्यहोर्ने गरी कार्य समितिले पेश गरेको कर्मचारीको सुविधा, दरवन्दी, परिश्रमिक, भत्ता तथा अन्य सुविधाहरुमा आवश्यकता अनुरुपस्वीकृती प्रदान गर्ने ।
झ) विधानमा कुन कार्य कसले गर्ने भनी स्पष्ट नतोकिएमा विशेष अधिकार प्रयोग गरी तोक्ने ।
ञ) कार्य समितिको चयन गर्ने ।
ट) कार्य समितिको पदाधिकारीहरु प्रति विश्वास तथा अविश्वासको प्रस्तााव पारित गर्ने ।
ठ) विभिन्न कार्यको लागि समितिलाई अधिकार प्रदान गर्ने ।
१४) समितिः–
कार्य समिति÷ब्यवस्थापन तथा ढुवानी समिति गरी दुई प्राकारका समिति रहने छन् । जसको ब्यवस्थापन निम्न वमोजिम हुने छ ।
क) कार्य समितिको नियुक्ति वार्षिक साधारण सभावाट हुने छ तर प्रथम वार्षिक साधारण सभा नभएसम्मको लागि निम्न वमोजिमको कार्य समिति रहने छ ।
अध्यक्ष १ जना
उपाध्यक्ष १ जना
सचिव १ जना
कोषाध्यक्ष १ जना
सह–सचिव १ जना
सह–कोषाध्यक्ष १ जना
सदस्य ५ जना
ख) यस संस्थामा १३ जनाको कार्य समिति रहने छ ।
ग) कार्य समितिको कार्यकाल २ वर्षको हुने छ ।
घ) वार्षिक साधारण हुनु भन्दा अगावै कुनै कार्य समितिमा रहेको सदस्यको पद रिक्त हुन आएमा वाकी अवधीका लागि सदस्यको मनोनित कार्य समितिले गर्न सक्ने छ । यसरी सो पदमा निर्वाचन भएको सदस्यको कार्यकाल जुन सदस्य पद रिक्त भएको हो सो सदस्य वाँकी कार्यकालसम्मका लागि मात्र लागू हुने छ तर अन्य पदको लागि विधान वमोजिम वाँकी अवधीको निमित्त निर्वाचन प्रक्रियाद्घारा पूर्ति गरीने छ ।
ङ) कार्य समितिको वैठक आवश्यकता अनुसार कार्य समतिको अध्यक्षले वोलाउने छ । जसमा सदस्य संख्याको ५१% सदस्यले माग गरेमा अध्यक्षले कार्य समितिको वैठक वोलाउनु पर्ने छ ।
च) कार्य समितिको वैठकमा सदस्य स्वयं उपस्थित हुनु पर्ने छ ।
छ) कार्य समितिको छलफल भएको विषय, तत् सम्वन्धित भएका निर्णयको विवरण (ःबष्लगतभ) छुट्टै किताव लेखी राख्नु पर्ने छ र सो को विवरणमा वैठकमा उपस्थित सदस्यको कम्तिमा ५१% ले सहि गर्नुृ पर्ने छ
ज) माथि उपनियमहरुमा जुनसुकै कुरा लेखियता पनि कार्य समितिले गर्न पाउने कुनै कामको सम्वन्धमा कार्य समितिका सवै सदस्यहरु लिखित मा सहमत त्यस्तो सहमतको निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम वैठक विना पनि गर्न सकिने छ ।
झ) यस संस्थामा अर्को एक समिति वाध्यवाधन, लट्ठी र गरुवा ब्यवस्थापन तथा ढुवानी समिति रहने छ ।
१५) कार्य समितिको काम र कर्तब्यः–
क) संस्थाको आगामी वर्षको, वार्षिक कार्यक्रम तथा अनुमानित वजेट वनाई साधारण सभामा पेश गर्ने ।
ख) विधान वमोजिमको ब्यवस्था पालना गरी साधारण सभाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
ग) संस्थाको हित हुने कार्यक्रमहरु संचालन गर्ने ।
घ) संस्थाका आवश्यक कर्मचारीहरुको सेवा सर्त र सुविधा आदि सम्वन्धि कर्मचारी नियमावली वनाई साधारण सभावाट स्वीकृत गराई लागू गराउने ।
ङ) संस्थाको उद्देश्य पूर्तिको लागि कार्यक्रम तर्जुमा गर्ने, लागू गर्ने र अनुगमन गर्ने तथ सुपरिवेक्षण गर्ने ।
च) संस्थाको कार्य सम्पादन गर्न आवश्यक नियम, विनियम तर्जुमा गरी लागू गर्ने ।
छ) आवश्यकता अनुसार समितिको लक्ष पूर्तिका लागि ब्यक्ति, संघ, संस्थासंग सुमधुर सम्वन्ध कायम गर्दै काम गर्ने वातावरण मिलाउने र सम्मान, अभिनन्दन जस्ता रचनात्मक उत्प्रेरनात्मक काम गर्ने ।
ज) संस्थाको उद्देश्य प्राप्तीको लागि विभिन्न समिति उपसमितिहरुको गठन गर्ने र आवश्यक्ता अनुरुप कार्यको वाडफाट गरि दिने ।
झ) संस्थाको नेतृत्व दायी भूमिका निर्वाह गर्ने ।
१६) पद त्याग गर्न सक्नेः–
संस्थाका अध्यक्षले उपाध्यक्ष मार्फत कार्य समिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुले अध्यक्ष समक्ष राजिनामा दिन सक्ने छन् र सो को कारवाहिको लागि वैठक वसी निर्णय गरी पारित गरेमा मात्र पद त्याग भएको मानिने छ ।
परिच्छेद–५
काम, कर्तब्य र अधिकार
१७) पदाधकारीको काम, कर्तब्य र अधिकारः–
निम्न पदाधिकारीहरुको काम, कर्तब्य र अधिकार देहाय वमोजिम हुने छ ।
१) अध्यक्षः–
क) संस्थाको प्रमुखको रुपमा नेतृत्वको जिम्मा लिने ।
ख) सभा, वैठकको अध्यक्षता गर्ने र आवश्यक परेमा निर्णायक मत दिने ।
ग) साधारण सभावाट परित निर्णयलाई कार्यान्वयन गर्ने, गराउने ।
घ) संस्थाको तर्फवाट सरकारी, अर्धसरकारी, संघ–संस्थाहरुको पतिनिधित्व गर्ने ।
ङ) कार्य समितिको वैठक वोलाउने ।
च) संस्थाको कर्मचारी तथा सदस्यलाई नीति निर्देशन दिने ।
छ) संस्थाको हित सम्वन्धि अन्य कार्य गर्ने ।
२) उपाध्यक्षः–
क) अध्यक्षलाई निजको काममा सहयोग गर्ने ।
ख) अध्यक्षले लिखित रुपमा अधिकार प्रत्यायोजन गरे वमोजिम कार्य गर्ने ।
ग) अध्यक्षको अनुपस्थितिमा निजले गर्ने काम गर्ने ।
३) सचिवः–
क) संस्थाको सचिवालयको रेखदेख र सञ्चालन गर्ने ।
ख) अध्यक्षको निर्देशन अनुसार वैठक तथा सभाहरु वेलाउने ।
ग) अभिलेख सुरक्षित राख्ने र प्रतिवेदन तयार गर्ने ।
घ) संस्थाको प्रवक्तको कार्य गर्ने र अध्यक्षले दिएको अन्य जिम्मेवारी पुरा गर्ने ।
ङ) संस्थाको चल अचल सम्पत्तिको अभिलेख राख्ने ।
च) संस्थाको उद्देश्य प्राप्तीको लागि सवैसंग समन्वय गर्ने ।
छ) अध्यक्षको निर्देशन अनुसार संस्थाको योजना तर्जुमा गर्ने गराउने र परित कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने ।
ज) संस्थाले संचालन गरेका योजना तथा कार्यक्रमहरुको सुपरिवेक्षण, मूल्याङ्कन तथा रेखदेख गर्ने र सो को जानकारी संस्थालाई दिने ।
झ) वार्षिक साधारण सभामा वार्षिक कार्यक्रम प्रगति प्रतिवेदन प्रस्तुत गर्ने ।
ञ) पत्राचार गर्ने ।
४) कोषाध्यक्षः–
क) संस्थाको कोषको रेखदेख र सञ्चालन गर्ने ।
ख) साधारण सभामा वार्षिक कार्यक्रम र वजेट पेश गर्ने । आम्दानी र खर्चको फाँटवारी तयार गरी वैठकमा पेश गर्ने ।
ग) लेखा दुरुस्त राख्ने, खर्चको श्रेस्ता राख्ने ।
घ) नियमित रुपमा वार्षिक लेखा परिक्षण गराउने र कार्य समितिवाट स्वीकृत गराई साधारण सभाम पेश गने । ङ) संस्थामा भएका चल अचल सम्पत्तिको अभिलेख तयार गर्ने प्रमाणित गराउने ।
५) सह–सचिवः–
क) नियमित कार्यालय सञ्चालन गर्ने ।
ख) अध्यक्ष र सचिवले दिएको जिम्मेवारी पुरा गर्ने ।
ग) सचिवको अनुपस्थितीमा निजको कार्य गर्ने ।
घ) संस्थाले संचालन गरेका योजना तथा कार्यक्रमहरुको सुपरिवेक्षण, मूल्याङ्कन तथा रेखदेख गर्ने ।
ङ) अध्यक्ष, सचिव तथा कार्य समिति प्रति उत्तरदायी रही कार्य गर्ने ।
६) सह–कोषाध्यक्षः–
क) कोषाध्यक्षको नियमित कार्य सञ्चालनमा सहयोग गर्ने ।
ख) अध्यक्ष र कोषाध्यक्षले दिएको जिम्मेवारी पुरा गर्ने ।
ग) कोषाध्यक्षको अनुपस्थितीमा निजको कार्य गर्ने ।
घ) संस्थाले संचालन गरेका योजना तथा कार्यक्रमहरुको सुपरिवेक्षण, मूल्याङ्कन तथा रेखदेख गर्ने ।
ङ) अध्यक्ष, कोषाध्यक्ष तथा कार्य समिति प्रति उत्तरदायी रही कार्य गर्ने ।
७) सदस्यहरुः–
क) संस्थाको वैठकमा सक्रिय सहभागिता जनाउने ।
ख) संस्थाको कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने ।
ग) संस्थाको हितोन्नती प्रति सधै सचेत रही रहने ।
घ) कार्य समितिले दिएको जिम्मेवारी पुरा गर्ने ।
ङ) संस्थाको उद्देश्य कार्यान्वयन गर्न सक्रिय रहने ।
परिच्छेद–६
आर्थिक ब्यवस्था
१८) समितिको कोषः–
संस्थाको आफ्नो छुट्टै कोष रहने छ र कोषमा देहाय वमोजिमको रकमहरु रहने छ ।
क) सदस्यता प्रवेश शुलकवाट प्राप्त रकम ।
ख) विवाह, भोज–भतेर, पूजा–आजा, अर्वपर्व र मेला तथा प्रदर्शनीमा उपस्थित जनसमुदायलाई मनोरञ्जन प्रदान गरे वाफत प्राप्त रकम ।
ग) कसैले स्वईच्छाले संस्थालाई दिएको अनुदान सहायता वापत प्राप्त रकम ।
घ) संस्थालाई नेपाल सरकार, स्वदेशी तथा विदेशी दातृ संघ संस्था, निकाय, ब्यक्तिवाट दान, उपहारवाट प्राप्त रकम ।
ङ) संस्थाको अन्य श्रोतवाट प्राप्त रकम ।
तर कुनै विदेशी दातृ संघ संस्था, निकाय वा ब्यक्तिवाट अनुदान, उपहार लिने भए संस्थाले नेपाल सरकारको पूर्व स्वीकृती लिई मात्र लिने छ ।
१९) खाता सञ्चालनः–
संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतवाट खाता सञ्चालन हुने छ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने ब्यवस्था मिलाउनु पर्ने छ ।
२०) कोषको रकम खर्च गर्ने तरिकाः–
संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय वमोजिम तरीका अपनाई खर्च गरीने छ ।
क) संस्थाको वार्षिक वजेट योजना स्वीकृत नगरी कोषवाट खर्च गर्न सकिने छैन ।
ख) साधारण सभावाट पारित वजेट र कार्यक्रको अधिनमा रही कोषवाट रकम खर्च गर्न सकिने छ ।
ग) कोषवाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्ने छ ।
घ) विवाह, भोज–भतेर, पूजा–आजा, अर्वपर्व र मेला तथा प्रदर्शनीमा उपस्थित हुँदा आवश्यक सामाग्री ढुवानी गर्दा लागेको खर्च रु १०००÷– (एक हजार मात्र) सम्मको रकम समितिले तुरुन्तै भुक्तानी गर्न सक्ने छ र सो भुक्तानी गरेको रकम साधारण सभामा पेश गरी वजेटमा पारित गराउनु पर्ने छ ।
ङ) पुराना गरुवा÷वाध्यवादन लगायतका सामाग्रीहरु मर्मत संहार तथा नयाँ गरुवा÷वाध्यवादनका सामाग्रीहरु खरिद गर्दा रकम खर्च गर्न सकिने छ तर वार्षिक वजेटमा उल्लेख भएको भए सो अनुसार रकम खर्च गर्नु पर्ने छ । यदि वार्षिक वजेटमा उल्लेख नभएको भए सो भुक्तानी गरेको रकम साधारण सभा वसेको वेला पेश गरी वजेटमा पाश गराउनु पर्ने छ ।
२१) संस्थाको लेखा र लेखा परिक्षणः–
क) संस्थाको आय–ब्ययको लेखा प्रचलित कानून वमोजिम राखिने छ ।
ख) संस्थाको लेखा परिक्षण प्रचलित कानून वमोजिम नेपाल सरकारको मान्यता प्राप्त रजिष्टर्ड लेखा परिक्षकवाट हुने छ ।
ग) नेपाल सरकार तथा स्थानीय अधिकारीले चाहेमा जुनसुकै वखत पनि संस्थाको हिसाव किताव जाँच वा जचाउन सक्ने छ ।
घ) लेखा परिक्षकको नियुक्ति वार्षिक साधारण सभावाट हुने छ तर प्रथम साधारण सभा नभएसम्म लेखा परिक्षकको नियुक्ति कार्य समितिवाट हुने छ । संस्थाको लेखा परिक्षण तथगा प्रगति विवरण प्रत्येक वर्ष स्थानीय अधिकारीको कार्यालय, जिल्ला विकास समिति तथा समाज कल्याण परिषद र सम्वन्धित निकायमा पेश गरिने छ ।
परिच्छेद–७
निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधन सम्वन्धी ब्यवस्था
२२) निर्वाचन सम्वन्धी ब्यवस्थाः–
क) कार्य समितिको निर्वाचनको निमित्त कार्य समितिले निर्वाचन अधिकृत सहित ३ सदस्यीय निर्वाचन समिति नियूक्त गर्ने छ ।
ख) निर्वाचन सम्वन्धी कार्य विधि कार्य समितिले तोके वमोजिम हुने छ र निर्वाचन समाप्त भए पछि निर्वाचन समितिको स्वतः विघठन हुने छ ।
ग) निर्वाचन सम्वन्धी विवाद उत्पन्न भएमा विवादको टुङ्गो निर्वाचन समितिले गरेको निर्णय अन्तिम हुने छ
२३) उमेदवार हुने योग्यताः–
क) संस्थाका साधारण सदस्य वा कार्य समितिको वहाल रहेको पदाधिकारी हुनु पर्ने छ ।
ख) संस्थाको सदस्य नविकरण गराएको सदस्य हुनु पर्ने छ ।
ग) विधानको दफा ६ को योग्यता पुगी दफा ७ वमोजिमको प्रक्रिया पूरा गरी सदस्यता प्रप्त गरेको हुनु पर्ने छ ।
घ) निर्वाचन समितिमा नभएको ब्यक्ति ।
ङ) एक ब्यक्ति एक पदको लागि मात्र उमेदवार योग्य हुने छ ।
च) माथि जुन सुकै कुरा लेखिएको भएता पनि निर्वाचन प्रक्रिया नअपनाई सर्वसहमतिवाट पनि पदाधिकारी चयन गर्न सकिने छ ।
२४) अविश्वासको प्रस्तावः–
क) नेपाली भाषामा शिष्ट शब्दको प्रयोग गर्दै प्रस्तावको विषय स्पष्ट र ब्यवहारीक हुने गरी लिखित रुपमा कुन–कुन पदाधिकारीको विरुद्ध हो सो खुलाई साधारण सभा सदस्यहरु मध्य कम्तिमा पनि ५१% सदस्यहरुले हस्ताक्षर सहित समितिमा पेश गर्नु पर्ने छ ।
ख) उपदफा “क” वमोजिम संस्थामा भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई साधारण सभा वा विशेष साधारण सभा वस्ने स्थान, मिति र समय तोकी समितिको साधारण सभाको सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरुलाई विधानको दफा ११ वमोजिम साधारण वा विशेष साधारण सभा वस्ने सूचना दिइने छ ।
ग) साधारण सभा वा विशेष साधारण सभामा अध्यक्षता गर्ने ब्यक्तिले सभामा उपदफा “क” वमोजिम प्रस्ताव पेश गर्न अनुमति दिए पछि अविश्वासको प्रस्ताव पेश गर्ने मध्यका १ जना सदस्यले कारण खुलाई सभामा प्रस्तुत गर्नु पर्ने छ र सो प्रस्ताव उपर मत प्रकट गर्न चाहेमा अध्यक्षले कम्तिमा ३ जनालाई अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछन् ।
घ) उपदफा “ग” को प्रक्रिया समाप्ती पछि कुन पदाधिकारी विरद्ध अविश्वास प्रस्ताव पेश गरीएको हो सो पदाधिकारीहरुलाई आफ्नो सफाई पेश गर्ने मौकाको लागि आफ्ना भनाई राख्न अध्यक्षले अनुमति दिने छन् ।
ङ) उपदफा “घ” को प्रत्रृmया समाप्त भए पछि अध्यक्ष गर्ने ब्यक्तिले सो अविश्वासको पक्ष वा विपक्षमा गोप्य मतदान गरेर वा पक्ष एक क्लब र विपक्ष अर्को क्लबमा छुट्टयाएर गर्न सक्ने छन् । यदि यस प्रक्रियामा पक्ष विपक्षमा मत वरावर हुन गएमा अध्यक्षता गर्ने ब्यक्तिको मत निर्णायक मत हुने छ ।
च) साधारण सभाको कुल सदस्य संख्याको ५१% वहुमतले अविश्वासको प्रस्ताव परित गरेमा प्रस्तावित पक्षका ब्यक्तिहरु पद मुक्त हुने छन् ।
छ) माथि जुनसुकै कुरा लेखिएको भएता पनि निर्वाचन भएको ६ महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना त्यस्तो ब्यक्ति उपर अविश्वासको प्रस्ताव ल्याउन पाईने छैन ।
२५) विधान संशोधनः–
कुल सदस्य संख्याको दुई तिहाई सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजीका लागि स्थानीय अधिकारी समक्ष सिफारीस गरी पठाउनु पर्ने छ । स्थानीय अधिकारीले स्वीकृत गरे पछि मात्र संस्थाको विधानको कुनै दफा संशोधन वा खारेजी भएको मानिने छ ।
२६) नियम वनाउन सक्नेः–
क) संस्थाले आफ्नो कार्य सम्पादन गर्ने सम्वन्धमा कार्य समितिले आवश्यक नियम बनाउन सक्नेछ । सो नियम साधारण सभावाट पारित गराई लागू हुने छ र सो को जानकारी स्थानीय अधिकारीलाई दिनु पर्ने छ । त्यस्तो खालको विनियम साधारण सभावाट अनुमोदन गरी लागू गरिनेछ ।
ख) यो विधान र विधान अन्तर्गत बनेको नियमको अधिनमा रही समितिको कार्य संचालन र उद्देश्य कार्यान्वयनका लागि कार्य समितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्वन्धी नियम वनाई लागू गर्न सक्ने छ । त्यस्तो नियम साधारण सभावाट अनुमोदन गराउनु पर्नेछ ।
परिच्छेद–८
अन्य
२७) कर्मचारी ब्यवस्थाः–
संस्थाको दैनिक कार्य संचालन र योजना तथा कार्यक्रम संचालनको लागि कर्मचारी दरवन्दी सिर्जना, पारिश्रमीक, भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवासर्तहरु आवश्यकता अनुसार ब्यवस्था गरीने छ ।
२८) तदर्थ समितिः–
यो संस्था स्थापना गरी दर्ता गराउनको लागि तदर्थ समितिले ६ महिना भित्र विधान अनुसारको निर्वाचन गर्नको लागि समितिको गठन गर्नु पर्ने छ । सो अवधिमा कार्य समितिले गरेका कामहरु यसै विधान अनुसार भएको मानिने छ ।
२९) संस्था खारेजीः–
क) साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेज गर्न सक्ने छ ।
ख) उपनियम “क” वमोजिम खारेजिको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामको लागि एक वा एक भन्दा वढी लिक्वीडेटरहरु र संस्थाको हिसाव किताव जाँच गर्नको लागि एक वा एक भन्दा वढि लेखा परिक्षकहरु नियुक्ती गर्न सक्ने छ । लिक्वीडेटर र लेखा परिक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकिदिए वमोजिम हुने छ ।
ग) उपनियम “ख” वमोजिम लिक्वीडेटर तथा लेखा परिक्षकले संस्था खारेजी सम्वन्धी काम कार्वाही गर्ने छन्
घ) कुनै कारणवस संस्था खारेज भएमा संस्थाको सम्पूर्ण जायजेथा तथा दायित्व नेपाल सरकारमा सर्ने छ ।
३०) ब्याख्याः–
यो विधान र विधान अन्तरगत वनेको नियम विनियमके ब्याख्या गर्ने अधिकार कार्य समितिलाई हुने छ ।
३१) गोपनियता भंगः–
संस्थाका कुनै पनि पदाधिकारीहरु तथा सदस्यहरुले संस्थाको अहित हुने कार्य गर्न हुदैन र कार्य समितिका पखाधिकरी वा साधारण सभाका सदस्यहरुले वैठक वा साधारण सभामा असभ्य र अश्लिल शब्दको प्रयोग गर्न पाइने छैन तथा संस्थाका हित सम्वन्धी गोप्यताका कुराहरु भन्न वा सुनाउन पाइने छैन ।
३२) ऐन अनुसार हुनेः–
संस्थाको विधानमा उल्लेख नभएका कुराहरु प्रचलित कानून वमोजिम हुनु पर्ने छ र संस्था दर्ता ऐन २०३४ र प्रचलित कानूनसंग वाँझिन गएका कुराहरु स्वतः निष्क्रिय हुने छन् ।
३३) विविधः–
कार्य समितिलाई आवश्यक परेमा तिन जनासम्म सल्लाकार र १ जना कानूनी सल्लाकार चयन गर्न सकिने छ । जो संस्था प्रति उत्तरदायी रही कार्य समितिलाई पूर्ण सहयोग गर्ने छन् ।
३४) सपथः–
संस्थाका सदस्यहरुले कार्यकारीणी समिति निर्वाचन भए पछि आफ्नो कार्यभार समाल्नु अघि अनुसूची २ बमोजिमको सपथ ग्रहण गर्नु पर्ने छ । यस्तो सपथ ग्रहण गर्दा अध्यक्षले निर्वाचन प्रमुखसंग र अन्य सदस्यहरुले अध्यक्ष समक्ष लिनु पर्ने छ ।
३५) तदर्थ समितिका सदस्यहरुको नाम, थर र ठेगानाः–
क्र.सं. नाम ठेगाना पद
१ टेक बहादुर खड्का खलंगा –८, रुकुम अध्यक्ष
२ यक्क बहादुर खड्का खलंगा –८ रुकुम उपाध्यक्ष
३ कुवेर खड्का खलंगा –८ रुकुम सचिव
४ सन्दीप खड्का खलंगा –८ रुकुम कोषाध्यक्ष
५ सुरेस खत्री खलंगा –८ रुकुम सह–सचिव
६ हिमा के.सी. खलंगा –८ रुकुम सह–कोषाध्यक्ष
७ पञ्चराम खत्री खलंगा –८ रुकुम सदस्य
८ गौरी खत्री खलंगा –८ रुकुम सदस्य
९ दुर्गा के.सी. खलंगा –८ रुकुम सदस्य
अनुसूची १
संस्थाको छाप
अनुसूची २
सपथ
म ........................... यस दियो साँस्कृतिक युवा क्लबको कार्यकारणी समितिको .................... भई सत्य, निष्ठापूर्वक यो सपथ लिन्छु की मैले जाने वुझेसम्म कसैको मोलाहिजा, दवाव र करकापमा नपरी सदैव निश्वार्थपूर्वक सक्रिय रही यस संस्थाको उद्देश्य पूर्ति र निरन्तर सुदृढिकरणका लागि मेरो सामर्थले भ्याएसम्म हरतरहले सेवारत रही रहनेछु ।
सपथ लिनेको सपथ दिलाउने
नामः– नामः–
.......................... ........................
दस्तखत दस्तखत
मितिः– मितिः–
,

Good
ReplyDelete