skip to main |
skip to sidebar
नेपाल गाउँ नै गाउँले भरिएको विकासन्मुख देश हो । नेपालमा विभिन्न जात–जाती, भाषा–भाषीहरुको वसोवास रहेको छ । विभिन्न जात–जाती तथा भाषा–भाषीहरुको संगम भएकोले विबिधतामा एकता भएको देशको रुपमा चिन्न सकिन्छ । ग्रामिण क्षेत्रमा भएका कला संस्कृतीको जगेर्ना गर्न र संरक्षण गर्नु नयाँ पुस्ताका लागी ठूलो चुनौती बनेको छ । कहिले काँही हामीलाई आफ्नो संस्कार कहाँ छ भनी खोजी गर्नु पर्ने अवस्था आउन सक्ने देखिन्छ । आयात भएका नयाँ संस्कृतिको कारणले हाम्रा आफ्ना पुराना आफ्नै मौलिकता भएका संस्कृति हराएर जाने सम्भावना देखिन्छ । हाम्रा कला संस्कृतीहरुलाई जोगाई राख्न समाजका विबिध खाले समुदायहरुलाई गोलबन्द गरी उनीहरुलाई सकारात्मक पक्षमा परिचालन गर्न साथै सामाजिक विकृति, विसंगति रोक्न र रुढिवादि परम्पराको अन्त्य गरी कला र संकृतिले भरिएको सभ्य समाजको निर्माणार्थ चेतनामुलक कार्यक्रम सञ्चालन गरी देशको बिकासमा टेवा पुयाउने उद्देश्यले दियो साँस्कृतिक युवा क्लब रुकुमको २०६९ सालमा स्थापना भएको हो ।